Dark Mode

      Subscribe

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार ५ सयले सस्तो

  • sukalpakhabar sukalpakhabar
  • २०८३ जेष्ठ १४, बिहीबार ०५:३४
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार ५ सयले सस्तो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ जेष्ठ १४, बिहीबार ०५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP