Dark Mode

      Subscribe

एसीसी महिला प्रिमियर कपः हङकङसँग ६९ रनले पराजित नेपाल उपविजेताका रूपमा क्वाटरफाइनलमा

  • sukalpakhabar sukalpakhabar
  • २०८३ जेष्ठ २३, शनिबार १३:४९
एसीसी महिला प्रिमियर कपः हङकङसँग ६९ रनले पराजित नेपाल उपविजेताका रूपमा क्वाटरफाइनलमा

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।

शनिबार सम्पन्न खेलमा हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमै ४० रनमा अलआउट भयो। यो नेपाली महिला क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै न्यून स्कोर हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १०९ रन बनाएको थियो।

यस जितसँगै हङकङले तीन खेलबाट ६ अंक जोड्दै समूह डी को शीर्ष स्थान सुरक्षित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। पराजयका बाबजुद नेपाल समूह उपविजेताका रूपमा क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ।

अब नेपालले क्वाटरफाइनलमा समूह ए को विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ जेष्ठ २३, शनिबार १३:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP