Dark Mode

      Subscribe

विवादित व्यवसायीसँगको मुछिएपछि गृहमन्त्री सुधनले दिए राजीनामा

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ९, बुधबार ०९:०६
विवादित व्यवसायीसँगको मुछिएपछि गृहमन्त्री सुधनले दिए राजीनामा

विवादित व्यवसायीसँग विभिन्न कम्पनीको सेयर कारोबारमा संलग्न रहेको गम्भीर आरोप लागेपछि गृहमन्त्री सुधन गुरुङले अन्ततः आज (बुधबार) आफ्नो पदबाट राजीनामा दिएका छन्। चौतर्फी रूपमा भइरहेको आलोचना र बढ्दो राजनीतिक दबाबका बीच गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो राजीनामा बुझाएका हुन्। प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् गठन गरेकै दिन गृहमन्त्रीको जिम्मेवारी पाएका गुरुङले सुरुवाती समयमा उच्च पदस्थ कर्मचारीहरूलाई पक्राउ गरी सुशासनको पक्षमा चर्चा कमाए पनि पछिल्लो समय उनी आफैँ विवादको केन्द्रमा परेका थिए।

विशेष स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको लामो छलफल र परामर्शपछि गुरुङले नैतिकताका आधारमा पद त्याग गर्ने निर्णय लिएका हुन्। उनले आफ्नो राजीनामाको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै वर्तमान परिस्थितिबारे स्पष्ट पारेका छन्। सुशासन र पारदर्शिताको नारा दिएर सरकारमा सहभागी भएका मन्त्री नै आर्थिक अपारदर्शिताको आरोपमा मुछिएपछि सरकारमाथि नैतिक प्रश्न उठेको थियो, जसको परिणामस्वरूप यो राजीनामा आएको देखिन्छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ९, बुधबार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP