Dark Mode

      Subscribe

डोजर चल्ने हल्लापछि थापाथलीका सुकुम्बासीले बस्ती खाली गर्न थाले

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ११, शुक्रबार ०५:०१
डोजर चल्ने हल्लापछि थापाथलीका सुकुम्बासीले बस्ती खाली गर्न थाले

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको निर्देशनपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्।

अतिक्रमित बस्ती हटाउन प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएपछि बस्ती खाली गर्ने प्रक्रिया सुरु भएको हो। गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका उनले सुरक्षा निकायसँगको छलफलमा यस्तो निर्देशन दिएका थिए।

डोजर चल्ने हल्ला फैलिएपछि स्थानीयले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न थालेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ।

सरकारको निर्णयसँगै बस्ती हटाउने प्रक्रिया अघि बढे पनि सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापनबारे भने स्पष्टता आउन बाँकी रहेको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ११, शुक्रबार ०५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP