Dark Mode

      Subscribe

काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर: स्थानीय असन्तुष्ट

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १२, शनिबार १०:३८
काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर: स्थानीय असन्तुष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलाएर टहरा भत्काएको छ। शनिबार दिउँसो महानगरको टोलीले सुरक्षाकर्मीको उपस्थितिमा बस्ती हटाउने अभियान अघि बढाएको हो।

महानगरले यसअघि पनि थापाथली र मनोहरास्थित सुकुम्बासी बस्तीमा डोजर प्रयोग गर्दै खाली गराउने काम गरेको थियो। पछिल्लो कदम पनि सोही अभियानअन्तर्गत गरिएको बताइएको छ।

स्थलमा खटिएको प्रहरीले सुकुम्बासी परिवारलाई सामान सार्न सहयोग गरिरहेको छ भने कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसअघि सम्बन्धित निकायले पटक–पटक सूचना जारी गर्दै बस्ती खाली गर्न आग्रह गरेको र नमाने कानुनी कारबाही गरिने चेतावनी दिएको थियो।

तर स्थानीय बासिन्दाले भने सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन योजना नबनाई जबर्जस्ती हटाउन खोजिएको भन्दै विरोध जनाएका छन्। उनीहरूले उचित व्यवस्थापन र वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिएको कदम अन्यायपूर्ण भएको बताएका छन्।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १२, शनिबार १०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP