Dark Mode

      Subscribe

वासिङ्टन गोलीकाण्ड: संदिग्ध आक्रमणकारी पक्राउ, तस्वीर सार्वजनिक

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १३, आईतवार ०५:३८
वासिङ्टन गोलीकाण्ड: संदिग्ध आक्रमणकारी पक्राउ, तस्वीर सार्वजनिक

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलाएको घटनामा संलग्न संदिग्ध आक्रमणकारी पक्राउ परेका छन्।

प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिको तस्वीर सार्वजनिक गरिएको छ। प्रारम्भिक जानकारीअनुसार सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोडेर कार्यक्रमस्थलभित्र प्रवेश गर्ने प्रयास गर्दा सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई नियन्त्रणमा लिएका थिए।

घटनाका क्रममा एक सुरक्षा अधिकारी घाइते भएका छन्। उनलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण ज्यान जोगिएको बताइएको छ।

घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १३, आईतवार ०५:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP