काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले सुकुम्बासी बस्ती भत्काउने सरकारी कदमप्रति कडा आपत्ति जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सत्तारुढ पक्षको आलोचना गर्दै सुकुम्बासीमाथि बल प्रयोग गरिएको आरोप लगाएका छन्। उनले सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका संवेदनशील क्षेत्रमा सरकारको सक्रियतामाथि प्रश्न उठाएका छन्।
साम्पाङले सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित नागरिक सडकमा रात बिताउन बाध्य भएको उल्लेख गर्दै सरकार जनताप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सरकारको भूमिकाबारे प्रश्न उठाएका छन्। साथै सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि संसद छिट्टै सञ्चालन गर्नुपर्ने माग पनि गरेका छन्।
प्रतिक्रिया