Dark Mode

      Subscribe

आदमघाटमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १३, आईतवार १२:२०
आदमघाटमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

धादिङ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा–प्रदेश ०१–००६ ख ७२२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १३, आईतवार १२:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP