काठमाडौँ | गुजरात टाइटन्सले आइपिएलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै जारी आइपिएल मा प्रभावशाली जित हात पारेको छ।
आइतबार सम्पन्न खेलमा चेन्नईले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमै २ विकेट गुमाउँदै सहज रूपमा लक्ष्य पूरा गर्यो।
गुजरातको जितमा साइ सुदर्शन ले उत्कृष्ट ८७ रनको पारी खेले। जोस बटलरले ३९ रनमा अविजित रहँदा कप्तान शुभमन गिलले ३३ रन जोडे।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। कप्तान रुतुराज गायकवाडले ७४ रनमा अविजित रहे। साथै शिभम दुवेले २२ र जामी ओभरटनले १८ रनको योगदान दिए।
बलिङतर्फ गुजरातका कागीसो रावाडाले ३ विकेट लिए भने अर्शद खानले २ विकेट हात पारे।
यस जितसँगै गुजरातले प्रतियोगितामा आफ्नो बलियो लय कायम राखेको छ।
प्रतिक्रिया