Dark Mode

      Subscribe

जनताको विश्वास पाए सरकार सञ्चालन सहज हुन्छ : रवि लामिछाने

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १४, सोमबार १३:२०
जनताको विश्वास पाए सरकार सञ्चालन सहज हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ प्रभावकारी र सहज हुने बताएका छन्।

उनले नेताका रूपमा आफू प्रत्येक नागरिकको घरघरमा पुग्न नसक्ने भए पनि पार्टीका नीति र सरकारका कार्यक्रम जनतासम्म पुग्ने विश्वास व्यक्त गरे। सरकार जनताकै हितमा काम गर्ने भन्दै नागरिकमा विश्वास गर्ने वातावरण बन्नु सकारात्मक संकेत भएको उनको भनाइ छ।

लामिछानेका अनुसार सरकार बन्नु र ढल्नु राजनीतिक प्रक्रियाको सामान्य पक्ष भए पनि जनताको विश्वास जितेको सरकार हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो। विगतमा दुईतिहाइ बहुमतका सरकारहरू बने पनि टिक्न नसकेको उदाहरण दिँदै उनले विश्वास बलियो भए शासन अझ प्रभावकारी हुने बताए।

उनले परिवर्तनका क्रममा केही कठिनाइ आउन सक्ने स्वीकार गर्दै त्यसको दीर्घकालीन लाभ भने आगामी पुस्ताले पाउने उल्लेख गरे। केवल एक चुनावदेखि अर्को चुनावसम्म सीमित नहुने गरी पुस्तान्तरणको दृष्टिकोणबाट काम गर्नुपर्नेमा उनले जोड दिए।

लामिछानेले अहिलेको पुस्ताले केही चुनौती सामना गरे पनि त्यसले भविष्यका पुस्तालाई सहज अवस्था सिर्जना गर्ने विश्वास व्यक्त गरे।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १४, सोमबार १३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP