Dark Mode

      Subscribe

जनकपुरधाममा सुकुम्बासीहरूको प्रदर्शन, लालपुर्जा माग

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १७, बिहीबार ०९:३६
जनकपुरधाममा सुकुम्बासीहरूको प्रदर्शन, लालपुर्जा माग

काठमाडौं ।  जनकपुरधाममा बसोबास गर्दै आएका सुकुम्बासीहरूले लालपुर्जा (जग्गा धनी प्रमाणपत्र)को माग गर्दै बिहीबार प्रदर्शन गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–२३ का बासिन्दाहरूले सरकारको भूमिसम्बन्धी नीतिविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका हुन्।

प्रदर्शनकारीहरू उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय तथा जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’ र ‘डोजर आतंक बन्द गर’जस्ता नारा लगाएका थिए।

स्थानीय सुकुम्बासी सीता देवी मुखियाका अनुसार, करिब २० वर्षअघि वडा कार्यालयले उपलब्ध गराएको जग्गामा घर बनाएर बस्दै आएका उनीहरूलाई दुई साताअघि उक्त स्थान खाली गर्न सूचना दिइएको छ। यसले आफूहरू ठूलो समस्यामा परेको उनले बताइन्।

“हामीले वर्षौंदेखि सानो–सानो बचत गरेर घर बनायौं। अहिले डोजर चलाउने भनिएपछि कहाँ जाने भन्ने अन्योल छ,” उनले भनिन्।

प्रदर्शनकारीहरूले आफूहरूलाई सोही जग्गाको लालपुर्जा उपलब्ध गराउन माग गर्दै नगरप्रमुख र प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन्। माग पूरा नभए सडक आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन्।

सरकारले पछिल्लो समय देशका विभिन्न स्थानमा सार्वजनिक तथा गुठी जग्गामा भएको अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत काठमाडौं र वीरगञ्जलगायत क्षेत्रमा पनि यस्ता संरचना हटाइएको थियो, र अब सो अभियान जनकपुरधाममा पनि अघि बढाउने तयारी गरिएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १७, बिहीबार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP