Dark Mode

      Subscribe

नेप्सेमा २७.४९ अंकको वृद्धि, सबै समूह हरियालीमा

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २५, शुक्रबार १२:११
नेप्सेमा २७.४९ अंकको वृद्धि, सबै समूह हरियालीमा

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्सेमा उल्लेख्य वृद्धि भएको छ ।आज नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेर बन्द भएको हो । कारोबार अवधिभर सबै उपसमूहको शेयर मूल्यमा हरियाली देखिएको थियो ।

आज ३३५ कम्पनीका ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ रुपैयाँ पुगेको छ । कारोबारमा त्रिशुली जलविद्युतको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । यस्तै होटल फरेस्ट इनको शेयर ७.९० प्रतिशतले उकालो लागेको छ ।

त्यसैगरी, स्वाबलम्बन लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ६.५४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा भने होटल फरेस्ट इन अग्रस्थानमा रहँदै १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको १३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २५, शुक्रबार १२:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP