काठमाडौं । सरकारले आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम जारी राखेको छ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारदेखि दुई दिनसम्म देशभर अभियान सञ्चालन गरेको हो।
स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमार्फत छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदैछ।
यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि अलबेन्डाजोल पनि वितरण गरिँदैछ।
सरकारले यस कार्यक्रममार्फत बालबालिकामा कुपोषण घटाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा जुकाको संक्रमण नियन्त्रण गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रतिक्रिया