Dark Mode

      Subscribe

सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल अवकाशमा, मुख्यालयमा बिदाइ

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १९, शनिबार ०२:३७
सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल अवकाशमा, मुख्यालयमा बिदाइ

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्याल अवकाशमा गएका छन्। चार वर्षे सेवा अवधिको हद पूरा भएपछि उनी शुक्रबार अवकाशमा गएका हुन्।

सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई औपचारिक बिदाइ गरिएको थियो। सो अवसरमा एआइजी नारायणदत्त पौडेलले मायाको चिनो प्रदान गर्दै अर्यालको सेवाको प्रशंसा गरेका थिए।

सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार चार वर्षे कार्यकाल पूरा भएपछि आइजिपी स्वतः अवकाशमा जाने व्यवस्था रहेको छ।

अर्याल २०७९ वैशाख १८ गते सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए। उनले २०५४ साल चैत १८ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदबाट सेवा सुरु गरेका थिए।

पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका अर्याल २०५८ असार १८ गते डिएसपीमा बढुवा भएका थिए। उनले सुरक्षा निकायमा लामो अनुभव बटुल्दै नेतृत्व सम्हालेका थिए।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १९, शनिबार ०२:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP