Dark Mode

      Subscribe

प्रहरी हिरासतमा दलित युवाको मृत्यु भएपछि रास्वपाका सांसदहरु नै बसे धर्नामा

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ११, शुक्रबार ०५:५१
प्रहरी हिरासतमा दलित युवाको मृत्यु भएपछि रास्वपाका सांसदहरु नै बसे धर्नामा

काठमाडौं । सिन्धुलीमा प्रहरी हिरासतमा युवकको मृत्यु भएको घटनामा न्याय माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित दलित अधिकारकर्मीहरू जिल्ला प्रशासन कार्यालय, सिन्धुली अगाडि धर्नामा बसेका छन्।

सुनकोशी गाउँपालिका–३ का २२ वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएपछि बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन्।

धर्नामा सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक र आशिष गजुरेल सहभागी छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा सम्बन्धित अधिकारीहरूको निलम्बनको माग गरेका छन्।

प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ११, शुक्रबार ०५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP