Dark Mode

      Subscribe

सुकुम्बासी बस्ती हटाउने तयारीविरुद्ध जेनजी युवाहरूको प्रदर्शन

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ११, शुक्रबार ०७:१०
सुकुम्बासी बस्ती हटाउने तयारीविरुद्ध जेनजी युवाहरूको प्रदर्शन

काठमाडौं । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको तयारीविरुद्ध जेनजी (Gen Z) युवाहरूले प्रदर्शन गरेका छन्।

जेनजी मुभमेन्ट अलायन्सको आह्वानमा युवाहरू थापाथलीस्थित सुकुम्बासी बस्तीमा पुगेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बस्ती हटाउने कार्यलाई “डोजर आतंक” भन्दै नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “उठीबास स्वीकार्दैनौं” र “आवासको हक सुनिश्चित गर” जस्ता नाराहरू लगाउँदै बलपूर्वक बस्ती हटाउनु उचित नभएको बताएका छन्।

अलायन्सले सुकुम्बासीहरूलाई प्रहरी र डोजर प्रयोग गरी विस्थापित गर्नु अन्यायपूर्ण भएको उल्लेख गर्दै दीर्घकालीन र न्यायोचित समाधान खोज्न सरकारसँग माग गरेको छ।

यता सरकारले भने सुकुम्बासी व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्ने तयारी गरिरहेको जनाएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ११, शुक्रबार ०७:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP