Dark Mode

      Subscribe

एक हजार भन्दा बढी परिवारले सुकुम्बासीका रूपमा नाम दर्ता गरे

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १५, मंगलवार १४:०२
एक हजार भन्दा बढी परिवारले सुकुम्बासीका रूपमा नाम दर्ता गरे

काठमाडौँ। मंगलबार मध्याह्ननसम्म एक हजारभन्दा बढी परिवारले सुकुम्बासीका रूपमा आफ्नो नाम र विवरण दर्ता गराएका छन्। सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू सम्पर्कमा आउन थालेका हुन्।

अहिलेसम्म १०७८ परिवारले आफूलाई सुकुम्बासी भन्दै नाम दर्ता गराएको विवरण संकलनमा संलग्न एक अधिकारीले बताए। आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ुहोल्डिङ सेन्टरु मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्। रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम भइरहेको छ। यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १५, मंगलवार १४:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP