क वर्गका ठेकेदार तथा राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । आफ्नो कम्पनीलाई ठेक्का पार्न ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले शुक्रबार (आज) पक्राउ गरेको हो ।
पाण्डे राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्षसमेत हुन् । उनी ०७९ को निर्वाचनमा चितवन ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
उनविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो र उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए।
प्रतिक्रिया