काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले वृद्धि हुँदै तीन लाख पाँच सय रुपैयाँ पुगेको छ। आइतबार भने सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर पाँच हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।
प्रतिक्रिया