Dark Mode

      Subscribe

सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १७, बिहीबार ०५:२३
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा १,८०० रुपैयाँले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी तोलामा १०५ रुपैयाँले घटेर ४,८१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको ४,९१५ रुपैयाँमा कारोबार भएको थियो।

यससँगै लगातार दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १७, बिहीबार ०५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP