Dark Mode

      Subscribe

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान

  • sukalpakhabar sukalpakhabar
  • २०८३ जेष्ठ २१, बिहीबार ०३:३७
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदाधिकारी पदमा आवेदन आह्वान गरेको छ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै विभिन्न निकायमा रिक्त रहेका अध्यक्ष, उपाध्यक्ष, सदस्य, रजिस्ट्रार, सदस्य सचिव, कार्यकारी निर्देशकलगायत पदका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार सम्बन्धित ऐन तथा नियमावलीले तोकेको योग्यता पुगेका इच्छुक व्यक्तिले १० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारमा आवेदन पेश गर्नुपर्नेछ।

मन्त्रालयले यसअघि वैशाख २२ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाइएको जनाएको छ।

आवेदन आह्वान गरिएका संस्थामा नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् तथा नेपाल मेडिकल काउन्सिल रहेका छन्।

यस्तै, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका सदस्य, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक तथा सदस्य, र स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक पदका लागि पनि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ जेष्ठ २१, बिहीबार ०३:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP