Dark Mode

      Subscribe

तीनकुनेको गैरीगाउँमा सुकुम्बासी बस्तीका पक्की घरमा पनि डोजर

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १४, सोमबार ०६:०३
तीनकुनेको गैरीगाउँमा सुकुम्बासी बस्तीका पक्की घरमा पनि डोजर

काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा रहेको सुकुम्बासी बस्तीका पक्की घरहरूमा पनि डोजर चलाएको छ।

यसअघि शनिबार काठमाडौं महानगरपालिकाले उक्त क्षेत्रमा रहेका टहरा भत्काएको थियो भने पक्की संरचनाहरू बाँकी राखिएको थियो। सोमबार भने बाँकी रहेका ती पक्की घरहरू समेत डोजर प्रयोग गरी भत्काइएको हो।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत उक्त कदम चालेको जनाइएको छ।

यसअघि शनिबार नै थापाथलीस्थित सुकुम्बासी बस्तीमा पनि डोजर चलाइएको थियो भने मनोहरा खोला किनारस्थित बस्ती खाली गराइएको थियो।

सुकुम्बासी बस्ती हटाउने सरकारी कदमसँगै प्रभावित स्थानीयहरू विस्थापित भएका छन् भने यस विषयमा विभिन्न पक्षबाट प्रतिक्रिया आउन थालेको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १४, सोमबार ०६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP