Dark Mode

      Subscribe

बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १५, मंगलवार ०५:२२
बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु

बाजुरा । बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धको मुनातोला लेकमा भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो।

भैँसीलाई पानी खुवाउने क्रममा बालकले भैँसीको पुच्छरमा डोरी बाँधी आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्दा बालकको टाउको चोट लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले बताए।

उनका अनुसार, मृतक बालक मामा घरमा बस्दै आएका थिए। आमाबुबा भने रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी दिए। भैँसीको पुच्छर डोरीमा बाँधेपछि भाग्न खोज्दा बालक समेत भैँसीकै पुच्छरमा पछारिएर घिर्सदै उनको ज्यान गएको बताइएको छ।

यता, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले घटनाको बारेमा हालसम्म प्रहरीमा कुनै जानकारी नआएको बताए।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १५, मंगलवार ०५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP