Dark Mode

      Subscribe

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १८, शुक्रबार १२:०८
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया सुरु गरिएको हो।

बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारलाई पाँच स्थानमा राख्ने योजना बनाइएको छ। प्रारम्भिक व्यवस्थापनका लागि धापाखेलस्थित टेवा कार्यालय, खरिपाटीको विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र बनेपास्थित रेडक्रस भवनलाई अस्थायी आवासका रूपमा प्रयोग गरिने जनाइएको छ।

हालसम्म ७२ जना सुकुमवासीले स्वेच्छिक रूपमा रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराएका छन्। विवरण संकलन कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोली खटिएको छ।

यद्यपि, यसलाई व्यवस्थापनतर्फको प्रयासका रूपमा हेरिए पनि सुकुमवासीको दीर्घकालीन पुनर्वास सम्बन्धी स्पष्ट योजना अझै सार्वजनिक नभएकोले उनीहरूको भविष्यबारे थप चासो र बहस बढेको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १८, शुक्रबार १२:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP