Dark Mode

      Subscribe

संसद बहिष्कार गर्दै हर्क साम्पाङको आरोप : सत्तारुढ दलले मनपरी ढंगले संसद चलायो

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ३०, बुधबार ०९:५९
संसद बहिष्कार गर्दै हर्क साम्पाङको आरोप : सत्तारुढ दलले मनपरी ढंगले संसद चलायो

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाए ।

उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन्तर टाढा रहेको भन्दै असन्तुष्टि व्यक्त गरे । “प्रधानमन्त्री कहिल्यै नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ,” उनले भने, “सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ । सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर आउनू भनेजस्तो गरिएको छ ।”

साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको गुनासो समेत गरे । उनका अनुसार गम्भीर बहस हुनुपर्ने विषयलाई औपचारिकतामा सीमित गरिएको छ ।

त्यस्तै, उनले श्रम संस्कृति पार्टीलाई कसैले पनि हेप्न नसक्ने दाबी गर्दै आफ्नो पार्टी संसदमा सशक्त रूपमा प्रस्तुत हुने बताए ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ३०, बुधबार ०९:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP