Dark Mode

      Subscribe

विकासमा विभेद गरेको साम्पाङको आरोप, केवलकार परियोजनामा सरकारमाथि प्रश्न

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १४, सोमबार ०६:३५
विकासमा विभेद गरेको साम्पाङको आरोप, केवलकार परियोजनामा सरकारमाथि प्रश्न

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले सरकारले विकासका नाममा विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी बस्ती हटाउन कडा कदम चालिएको तर मुकुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनामा भने सरकार नरम देखिएको टिप्पणी गरेका हुन्।

उनले कञ्चनजङ्घा संरक्षण क्षेत्रको वातावरणीय सन्तुलनमा असर पर्ने गरी परियोजना अघि बढाउन खोजिएकोप्रति असन्तुष्टि जनाएका छन्।

साम्पाङले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति समर्थन गर्नेहरूमाथि पनि प्रश्न उठाउँदै यस्ता कदमको असर भविष्यमा सबैलाई पर्न सक्ने चेतावनी दिएका छन्।

उनको अभिव्यक्तिले विकास, वातावरण संरक्षण र नागरिक अधिकारबीच सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा बहसलाई थप तीव्र बनाएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १४, सोमबार ०६:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP