Dark Mode

      Subscribe

वीरगन्जका मेयर राजेशमान विरूद्ध पक्राउ पुर्जी जारी

  • sukalpakhabar sukalpakhabar
  • २०८३ जेष्ठ १३, बुधबार ०३:४३
वीरगन्जका मेयर राजेशमान विरूद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज । जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।

अदालतले यही मुद्दामा राजेशमानकी श्रीमती र वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई समेत पक्राउ पुर्जी जारी गरेको छ।

उनीहरूलाई ७ दिनभित्र पक्राउ गरी अदालतमा पेस गर्न भनिएको छ। सात दिनभित्र पक्राउ गर्न नसकेको खण्डमा ३५ दिने पक्राउ पुर्जी तामेली गर्न पनि अदालतले भनेको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ जेष्ठ १३, बुधबार ०३:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP