Dark Mode

      Subscribe

भ्रामक सूचना र अफवाह नफैलाउन नेपाली सेनाको आग्रह

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ११, शुक्रबार ११:२२
भ्रामक सूचना र अफवाह नफैलाउन नेपाली सेनाको आग्रह

काठमाडौं । नेपाली सेना ले पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आफ्नो नेतृत्व तथा संस्थासम्बन्धी फैलाइएका भ्रामक र तथ्यहीन सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रक्षा मन्त्रालय अन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस नोटमा यस्ता कपोलकल्पित सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने उल्लेख गर्दै त्यस्ता भ्रामक सूचना तथा अभिव्यक्ति प्रसारण नगर्न र नगराउन आग्रह गरिएको छ।

सेनाले यस्ता गतिविधिमाथि सम्बन्धित निकायमार्फत नियमित निगरानी भइरहेको स्पष्ट पारेको छ। साथै, गलत सूचना फैलाउने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिइएको छ।

प्रेस नोटमा सर्वसाधारणलाई आधारहीन समाचार, टिकाटिप्पणी तथा अफवाहमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक जानकारीका लागि नेपाली सेनाबाट जारी प्रेस विज्ञप्ति, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका सूचनामात्र भरपर्दो मान्न अनुरोध गरिएको छ।

नेपाली सेनाले विश्वसनीय सूचना प्राप्त गर्न जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न पनि आग्रह गरेको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ११, शुक्रबार ११:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP