Dark Mode

      Subscribe

शेखर गोल्छालाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २१, सोमबार १३:२९
शेखर गोल्छालाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं ।  उद्योगी व्यवसायी शेखर गोल्छालाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै परमादेश जारी गरेको हो। आदेशअनुसार गोल्छालाई जमानतमा छाड्न भनिएको छ भने जमानत बुझाउन नसके मात्र हिरासतमा राख्न सकिने उल्लेख गरिएको छ।

गोल्छालाई वैशाख १० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन–२०८३ मा नाम मुछिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो।

सीआईबीले वैशाख २० देखि लागू हुने गरी चौथो पटक चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। तर सर्वोच्च अदालतले जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने कार्य कानुनसम्मत नभएको ठहर गर्दै जिल्ला अदालतको आदेश उत्प्रेषणमार्फत बदर गरेको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २१, सोमबार १३:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP