Dark Mode

      Subscribe

विश्वकप: सेनेगलविरुद्ध फ्रान्स विजयी

  • sukalpakhabar sukalpakhabar
  • २०८३ असार ३, बुधबार ०५:५८
विश्वकप: सेनेगलविरुद्ध फ्रान्स विजयी

काठमाडौँ । सेनेगलविरुद्धको खेलमा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै ३–१ गोलको जित निकालेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल प्रस्तुत गर्यो। ६८औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले अर्को गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

इन्जुरी समयमा सेनेगलका इब्राहिम बायले एक गोल फर्काउँदै खेलमा फर्कने संकेत दिएका थिए। तर त्यसको केही क्षणपछि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

यससँगै एम्बाप्पेले विश्वकपमा फ्रान्सका लागि १४ गोल पूरा गर्दै नयाँ कीर्तिमान समेत कायम गरेका छन्। फ्रान्सको यो जितले टोलीको उपाधि यात्रालाई थप बलियो बनाएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ असार ३, बुधबार ०५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP