Dark Mode

      Subscribe

मनोहरा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर, अनधिकृत संरचना भत्काइँदै

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १३, आईतवार ०५:४५
मनोहरा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर, अनधिकृत संरचना भत्काइँदै

काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएर अनधिकृत संरचना भत्काउन थालेको छ।

आइतबार बिहान काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले उक्त क्षेत्रमा बनेका घरटहरा हटाउने काम सुरु गरेको हो। नदी किनार तथा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउने सरकारी अभियानअन्तर्गत यो कदम चालिएको बताइएको छ।

यसअघि शनिबार साँझ पनि बस्ती भत्काउने प्रयास गरिएको थियो। तर स्थानीय बासिन्दाको अवरोधका कारण काम रोकिएको थियो। आइतबार भने थप सुरक्षा सतर्कतासहित पुनः भत्काउने कार्य अघि बढाइएको हो।

सरकारले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियानलाई तीव्रता दिँदै आएको छ। सोही क्रममा शनिबार काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा समेत नदी किनारमा रहेका संरचना हटाइएको थियो।

बस्ती हटाउने कार्यसँगै प्रभावित परिवारहरूको व्यवस्थापन र वैकल्पिक बसोबासको विषयमा चासो बढेको छ। स्थानीयले भने उचित व्यवस्थापनबिना बस्ती हटाउनु अन्यायपूर्ण भएको भन्दै असन्तुष्टि जनाएका छन्।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १३, आईतवार ०५:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP